कञ्चनपुरमा पतंजलिको नयाँ अभ्यास : चुरे शृंखलाको फेदमा ५४ घण्टे ‘आवासीय योग प्रशिक्षण’

महेन्द्रनगर । पतंजलि योग समिति कञ्चनपुरले आवासीय योगाभ्यासको नयाँ शुरूआत गरेको छ ।

भदौ ८ गतेदेखि भदौ ११ गतेसम्म चलेको योगाभ्यासमा ५४ घण्टाको प्रशिक्षण सञ्चालन भएको समितिका केन्द्रीय सदस्य लवराज भट्टले जानकारी दिए ।

छनोटमा परेका २७ जना प्रशिक्षणमा सहभागी थिए । दक्ष शिक्षक उत्पादन गर्ने उद्देश्यले आवासीय योग प्रशिक्षण गरिएको जनाइएको छ । दैनिक १८ घण्टाको हिसाबले ३ दिनसम्म प्रशिक्षण दिइएको भट्टले बताए ।

मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले प्रशिक्षण दिएको कार्यक्रम चुरे पर्वत शृंखलाको फेदमा अवस्थित भीमदत्त नगरपालिकाको श्री साकेतधान विष्णु मन्दिरमा सञ्चालन भएको हो । प्रभारी मिश्रले प्रशिक्षणस्थल अत्यन्तै रमणीय र योगमैत्री रहेको अनुभूति सुनाए । उनले योगीहरू विष्णु मन्दिरमा नियमित आउनुपर्ने सुझाव दिए ।

यसरी आवासीय योग प्रशिक्षण सञ्चालन भएको नेपालमै पहिलो रहेको जनाइएको छ । यसअघि भारतको हरिद्वारमा आवासीय प्रशिक्षण हुने गरेका थिए । कञ्चनपुरको प्रश्क्षिण उपलब्धिमूलक रहेकाले अब अन्य जिल्लामा पनि सञ्चालन हुने केन्द्रीय सदस्य लवराज भट्टले बताए ।

प्रशिक्षणमा योग शिक्षकहरू नारायण पन्त, दयाकृष्ण जोशी, धनसिंह बडाल, सुदर्शन जोशी, केशवराज पन्त, पवन पनेरु, डिल्लीराज दाहाल, विष्णु शर्मा न्यौपाने, हरिओम रसाइली, भगिरथ भट्ट, मानमती जोशी, धना पन्त, गोविन्दी बम, सोनी देवल, प्रेमसिंह भाट, शम्शेरबहादुर चन्द, शिवराज जोशी, पदमराज भट्ट, शेरबहादुर चन्द, जयराज पाण्डेय, रामप्रसाद पाण्डेय, गणेशप्रसाद भट्ट, गणेशदेव भट्ट, गोरखबहादुर चन्द, प्रकाशबहादुर चन्द, महाविर चन्द, राधेश्याम भट्टको सहभागिता थियो ।

प्रशिक्षणपछि पतंजलि योग समिति कञ्चनपुरको प्रशिक्षण विभाग गठन गरिएको छ । केशवराज पन्तको संयोजकत्वमा गठित विभागमा धनसिंह बडाल, सुदर्शन जोशी, पवन पनेरु, डिल्लीराज दाहाल, विष्णु शर्मा न्यौपाने, हरिओम रसाइली, भगिरथ भट्ट, मानमती जोशी, धना पन्त, गोविन्दी बम, सोनी देवल, प्रेमसिंह भाट, शम्शेरबहादुर चन्द, शिवराज जोशी, पदमराज भट्ट, शेरबहादुर चन्द,, रामप्रसाद पाण्डेय, गणेशप्रसाद भट्ट, गणेशदेव भट्ट, गोरखबहादुर चन्द, प्रकाशबहादुर चन्द, महावीर चन्द, राधेश्याम भट्ट सदस्य चयन भएका छन् । अबदेखि प्रशिक्षण विभागका सदस्यहरूले योगकक्षा सञ्चालन गर्ने जनाइएको छ ।

   

सम्बन्धित
Loading...