आज मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आज मंगलवार मध्यराति १२ बजेदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज मध्यराति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बताउनुभयो ।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । कोरोना संक्रमण कायमै रहेपनि केही संख्या घटेपछि सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।

सम्बन्धित
Loading...