आज सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा विचाराधीन क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार पेशी तोकिएको छ ।

यसअघि साउन ३२ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित भनिएकी किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश गरेको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति फरक–फरक (२०३५ र २०३३) रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न आदेश गरेको थियो ।

लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । १८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेको कसूरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी छ ।

सम्बन्धित
Loading...