नेकपा बैठक यसपटक लामै सर्‍यो

काठमाडौं । पार्टीभित्र चर्किएको विवादका कारण पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठक यसपल्ट लामै सरेको छ ।

मंगलबारका लागि निर्धारित बैठक बस्न बालुवाटार पुगेका नेताहरू घरतर्फ लाग्दै स्थायी कमिटी बैठक साउन १३ गतेसम्म स्थगित भएको जानकारी सञ्चारकर्मीलाई दिएका छन् ।

यसपटक बाढीपहिरोलाई बैठक सार्ने बहाना बनाइएको छ । बाढीपहिरो प्रभावितको राहत र उद्धारमा सक्रिय हुन साउन १३ गतेसम्म बैठक स्थगित गरिएको नेता पेशल खतिवडाले जानकारी दिनुभयो । मंगलबार बिहान ११ बजेका लागि बैठक निर्धारण गरिएको थियो ।

लामो समयदेखि स्थगित हुँदै आएको बैठकको बीचमा केही दिनअघि सचिवालय बैठक बसेपनि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति हुन नसक्दा पार्टी बैठक अनिश्चित बनेका छन् ।

सम्बन्धित
Loading...