एमालेका प्रदेश, जिल्ला र पालिका अधिवेशनमा उम्मेदवारी शुल्क कति ?

काठमाडौं । नेकपा एमालेले पार्टीका अधिवेशनमा उम्मेदवार बन्न चाहनेहरूबाट लिन सकिने उम्मेदवारी शुल्क निर्धारण गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) ८ मा उम्मेदवारी शुल्कबारे उल्लेख गरिएको छ ।

एमालेले देशैभर सदस्यता नवीकरण गरिसकेर अब भदौ र असोजमा प्रदेश अधिवेशन र त्यसपछि जिल्ला, पालिका र वडा अधिवेशन गर्दैछ । पार्टीले अधिवेशनमा उम्मेदवारी शुल्क अधिकतम ५०० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

अन्तरपार्टी निर्देशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट प्रतिकूल रहेकाले अधिवेशनमा उम्मेदवारी शुल्क अधिकतम ५०० रुपैयाँ कायम गर्ने निर्णय गरिएको उल्लेख छ ।

पार्टीले विभिन्न पदको उम्मेदवारी शुल्क तोक्दा त्यसको अनुपात अधिकतम शुल्कको आधारमा मिलाउन समेत निर्देशत गरेको छ ।

सम्बन्धित
Loading...