काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको शल्यक्रियापछि स्वास्थ्यमा सुधार देखिएको छ ।
कीर्तिपुरस्थित बर्न सेन्टरमा शल्यक्रियापछि स्वास्थ्यमा सुधार भएकाले उनलाई डिस्चार्ज गरिएको छ ।
उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीका अनुसार शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको छ ।
नेता भण्डारीले अब घरमै आराम गर्नेछन् भने बिस्तारै स्वास्थ्यमा थप सुधार हुँदै जानेछ ।
बाहिर संक्रमणबाट जोगिनका लागि उनलाई २ हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा नआउन समेत भनिएको छ । उनका अनुसार नेता भण्डारीको मंगलवार घाउको ड्रेसिङ गरिनेछ ।
करीब ६ महिनाअघि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो । जलनका कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो । अहिले दागहरू निकालेर छाला प्रत्यारोपण गरिएको छ ।