काठमाडौं । मोबाइल चलाएको आरोपमा बुहारी कुट्ने सुसुरालाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भरथरी चौधरीलाई प्रहरीले पक्राउ परेको हो ।
रक्सी खाएर उनले मोबाइल चलाएको भन्दै बुहारीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
कुटपिट सम्बन्धमा उजुरी परेपछि प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको टोलीले चौधरीलाई नियन्त्रणमा लिई सार्वजनिक हित तथा नैतिकता विरुद्धको कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट म्याद लिई थप अनुसन्धान कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।