शौचालयको सेप्टिक ट्यांकीमा खसेर हात्तीको मृत्यु, धार्मिक विधिअनुसार अन्त्येष्टि

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको सेप्टिक ट्यांकमा फसेर हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेप्टिक ट्यांकीमा परेर हात्तीको मृत भएको हो ।

हात्तीलाई ट्यांकीबाट निकालेर धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित
Loading...