दुःख व्यक्त गर्दै देशभरका कार्यकर्तालाई डा. बाबुराम भट्टराईको यस्तो सन्देश

काठमाडौं । केही दिनयता अविरल वर्षासँगै बाढी र पहिरोको विपद् आएपछि पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशभरका कार्यकर्तालाई उद्धारमा खटिन निर्देशन दिनुभएको छ ।

मंगलबार बिहान सामाजिक सञ्जालमा केही प्रतिनिधि तस्वीर राख्दै नेता भट्टराईले उद्धार र राहतमा लाग्न आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘अविरल बर्षाका कारण देशैभर बाढीपहिरो र डुवानका कारण ठूलो जनधनको क्षति भइरहेकोमा गहिरो दुःख व्यक्त गर्दै सरकार, निजी क्षेत्र, राजनीतिक दल र आम नागरिकलाई एकताबद्ध भएर उद्धार/राहत/पुनःस्थापनाका कार्यमा लाग्न हार्दिक आग्रह गर्दछु । विपद्को यो घडीमा जनताका घरदैलोमा पुगेर जनसेवाका काममा दत्तचित्त हुन जनता समाजवादी पार्टीका सबै नेता/कार्यकर्ता/समर्थकहरूमा विशेष अनुरोध गर्दछु ।’

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोले क्षति पुर्‍याएका खबर सार्वजनिक भइरहेका छन् ।

सम्बन्धित
Loading...