दुःखद खबर: भाइटीकाको पूर्वसन्ध्यामा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं – शनिबार रहेको भाइटीकाको पूर्वसन्ध्यामा ललितपुरमा शुक्रबार साँझ खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा ४ जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१२ स्थित चक्रबहिलमा साँझ ६ः४५ बजे भएको दुर्घटनामा परी अन्य २ जना घाइते भएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

एसएसपी बज्राचार्यका अनुसार घरको तेस्रो तलामा सिलिन्डर पड्किएको हो । सिलिण्डर के कारणले पड्कियो भन्ने कारण नखुलेको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।

मृत्यु भएकामध्ये ६५ वर्षीय लक्ष्मीप्रसाद ताम्राकारको पहिचान खुलेको र अन्यको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...