काठमाडौं – पार्टीको १४औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसले थप ३ जिल्लाको क्रियाशील सदस्यता सूची वेबसाइटमा सार्वजनिक गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको जनाइएको छ ।
लामो समयदेखि विवादित रहेका ३ जिल्लामा पार्टीको निर्वाचन समितिले विवाद टुंगो लगाएको छ ।
सदस्यता सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन प्रारम्भ गरिने भएको छ । वडा अधिवेशन हुन बाँकी जिल्लाको हकमा निर्वाचन समितिले नयाँ कार्यतालिका निर्माण गरिने गएको छ ।
विवाद रहेका बाँकी पर्सा, रौतहट, बारा, सप्तरी र रसुवा जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी रहेको छ ।