नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । २४ घण्टामा १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।
यस्तै १० वर्षमुनिका २३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।