सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसोे छलफलमा बोलाएका हुन् ।
आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।
सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको बातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएका थिए ।