कुलमान विरुद्धको रिटमा किन भएन सुनुवाइ ?

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथिको सुनुवाइ निवेदककै कानून व्यवसायीको आग्रहमा स्थगित गरिएको हो ।

उक्त रिट शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा थियो । यसअघि प्रधानन्यायाधीश जबराकै इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।

प्रन्या जबराले कुलमान नियुक्तिको सक्कल कागजात मगाए पनि त्यसपछि सुनुवाइ हुन सकेको छैन ।

सम्बन्धित
Loading...