बालुवाटारमा सत्ता गठबन्धनको बैठक, के–के भयो छलफल ?

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार बसेको छ ।

मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे बैठकमा छलफल भएको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकमा महत्वपूर्ण विषयमा छलफल नभएको बताइन् ।

बैठकमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्याउनुपर्ने विषयमा धारणा राखेका थिए ।

आजको बैठकमा गठबन्धनका नेता उपेन्द्र यादवको भने सहभागिता रहेको थिएन । उनी अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताइएको छ ।

सम्बन्धित
Loading...