सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट खारेज भएको छ ।
सर्वोच्च अदालतले कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट खारेज गरेको हो ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।