प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ ।
आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
तर सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले १४ जनामाथिको कारवाही अघि नबढाए सदन चल्न नदिने भन्दै रोष्टम घेराउ र नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी दिए ।
तर, नाराबाजी नरोकिएपछि १५ मिनेटलाई बैठक स्थगित भएको छ ।