काठमाडौँमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
गठबन्धनले माइतीघरदेखि नयाँबानेश्वरसम्म एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
प्रर्दशनमा उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर–पकड बन्द गर लगायतका नारा लगाएका थिए ।