निजामती कर्मचारी दिवसमा ४० कर्मचारी पुरस्कृत हुँदै (सूचीसहित)

सरकारले निजामती कर्मचारी दिवसको अवसर पारेर ४० जना कर्मचारीलाई सम्मादन गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट उनीहरुलाई सम्मान गर्न लागेको हो ।

जसमा १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् भने ३० जनाले निजामती सेवा पुरस्कार पाउनेछन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सर्वोच्च अदालत, राष्ट्रिय योजना आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महान्याधिवक्ताको कार्यालय, महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, वेनी नगरपालिका म्याग्दी र महिला तथा बालबालिका विभागमा कार्यरत एकेक जना कर्मचारी छन्।

मन्त्रिपरिषदको भदौ २१ को निर्णयअनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरिएको छ। पुरस्कार पाउने सूचीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म छन्।

सम्बन्धित
Loading...