अध्यादेशबारे बल्ल बोले कानून मन्त्री, भन्छन्–सरकारको बाध्यता थियो

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशबारे बोलेका छन् । उनले त्यसलाई बाध्ययात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै आलोचना भैरहँदा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको जिकिर गरेका हुन् ।

बुधबार निर्वाचन क्षेत्र सुनसरी पुगेका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्फ तर्क गर्दै जारी अध्यादेश मुलुकको निकास र सम्वृद्धिका लागि भएको बताए ।

कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुने पनि बताएका छन् । उनले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताए ।

सम्बन्धित
Loading...