राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक गतिविधिप्रति डा. शेखर कोइरालाको आलोचना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपाभित्रको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्नुहुँदै नेता कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने बताउनुभयो । नेता कोइरालाले राष्ट्रपति भण्डारीका गतिविधिको आलोचना गर्नुभएको हो ।

‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन । साझा, सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ । पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागि अत्यन्तै दुःखद हो,’ उहाँले लेख्नुभएको छ ।

नेकपाभित्र आन्तरिक विवाद चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूको शितलनिवासतिर समेत भेटघाट बढाउनुभएको छ । राष्ट्रपति भण्डारीका गतिविधि जनस्तरमा समेत आलोचित हुँदै आएका छन् ।

सम्बन्धित
Loading...