कोशी प्रकरणमा डा. शेखरसँग प्रचण्ड र देउवाले गरे छलफल, के भयो सहमति ?

काठमाडौं । कोशी प्रदेशमा गठबन्धनको निर्णयविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभापति शेरबहादुर देउवाले छलफल गरेका छन् ।

शनिबार बिहान कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा तीनै नेताबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमत हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्र सहितका दलहरूको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रष्ट पार्दै गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।

गठबन्धनले नेकपा माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि त्यसविपरीत कांग्रेसका कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । कार्की कांग्रेसभित्र डा. शेखर कोइराला निकट मानिन्छन् ।

सम्बन्धित
Loading...