सांसद विमला ओली अर्को झमेलामा फसिन्, नाबालक छोरा पुुगे अदालत

परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर विवादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्री अर्को झमेलामा फेसेकी छन् । ओलीविरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ ।

विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय ओली र ९ वर्षिय दिवाकर ओलीको तर्फबाट उनीहरुका साहिँलो बुवा अमरबहादुर ओलीले जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरिएको हो ।

दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले नावालक छोराहरुको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएकोे मुुद्दा दर्ता भइसकेको छ ।

निवेदकले विपक्षी विमलाकुमारी खत्री ओलीबाट नावालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् । निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार ओलीका साहिँला दाजु हुन् ।

निवेदक वलीले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमला वलीबाट उत्तरकुमार वलीका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् ।

सम्बन्धित
Loading...