विप्लव समूह शान्ति प्रक्रिया आएपछि पहिलो पटक भेटियो होटलमा बम

भूमिगत विप्लव समूह शान्ति प्रक्रियामा आएपछि पहिलो पटक शनिबार राति काठमाडौँको ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा बम फेला परेको छ ।

उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले राति नै डिस्पोज गरेको छ । तर त्यो बम कसले राख्यो भन्ने विषयमा प्रहरी अलमलमा थियो ।

त्यही क्रममा होटलमा केही समयदेखि बस्दै आएका एक ग्राहकले सञ्चालकसँग झगडा गरिरहेको खुल्यो । प्रहरी वृत्त, ठिमीका अधिकृतहरुलाई शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले स्वीकारे ।

उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रमुख एसपी शिव श्रेष्ठ बताउँछन् । प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् ।

‘हालसम्म तर्साउनलाई मात्र राखिएको जस्तो देखिएको छ’ प्रहरी स्रोत भन्छ ।अहिले प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Loading...