नेकपा देखेर कार्यकर्ता वाक्क, राजनीति गर्न कांग्रेसमा प्रवेश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पदीय भागबण्डाको विवाद उत्कर्षमा रहेको बेला जिल्लास्तरका नेता कार्यकर्ता पंक्ति वाक्क भएका छन् ।

पार्टीभित्रको विवाद मिलाउन नसक्दा लामो समयदेखि नेकपा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति हुन सकेको छैन ।

आईतबार दिउँसोका लागि पूर्व निर्धारित स्थायी कमिटी बैठक समेत स्थगित भएको छ । केन्द्रमा विवाद चर्किरहेका बेला बझाङ जिल्लाको मष्टा गाउँपालिका–१ कोटदेवलमा नेकपा कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

निर्वाचनका बेला समृद्धिको नारा दिएपनि ओली सरकारले सन्तोषजनक काम गर्न नसकेको र उल्टै विभिन्न भ्रष्टाचार र विवादमा मुछिएका कारण नेकपा देखेर वाक्क लागेको स्थानीय नेता कार्यकर्ता बताउँछन् । कोटदेवलमा आयोजित कार्यक्रममा ३४ जना कार्यकर्ता नेकपा छाडेर कांग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशी कार्यकर्ताले अब कांग्रेस पार्टीमै आवद्ध भएर राजनीति गर्ने र समाजसेवा गर्ने जनाएका छन् ।

सम्बन्धित
Loading...