देउवालाई विश्वासको मत दिएका एमाले सांसदबीच श्रेष्ठ निवासमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु किसान श्रेष्ठको निवासमा भेला भएर छलफल गरेका छन् ।

सांसदहरुको छलफल चलिरहेको बेला नेता माधव कुमार नेपाल पनि पुगेका थिए ।  प्रधानमन्त्री देउवालाई एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । उनीहरुबीच भक्तपुरस्थित श्रेष्ठको निवासमा छलफल भएको हो । भेलामा सहभागी एक नेताले समसामयिक अवस्थाबारे ‘सामान्य चियागफ’ भएको बताए ।

तनहुँबाट निर्वाचित श्रेष्ठले ओली कित्ता परिवर्तन गरी नेपाल पक्षमा लागेका छन् ।

सम्बन्धित
Loading...