मोहन वैद्यले भने- संसदीय व्यवस्थामा देउवा पनि असफल

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री शेरबहादुर देउवा पनि वर्तमान व्यवस्थामा असफल भएको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वैद्यले वर्तमान संसदीय व्यवस्था संकटग्रस्त भएको र यो व्यवस्थामा प्रधानमन्त्री देउवा पनि असफल भएको टिप्पणी गरेका हुन् ।

देउवा नेतृत्वको गठबन्धन सरकारले पनि जनताका जनजीवीकाका समस्या समाधान गर्न नसक्ने निष्कर्ष वैद्यको प्रतिवेदनमा छ ।

बैठकले लिम्पियाधुरासहितको भूभाग फिर्ता र एमसीसीको विरोधलगायतका विषय पनि उठाएको छ । साथै पहिचानसहितको संघीय संरचनाको स्वरुपबारे गहन अध्ययन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

 

सम्बन्धित
Loading...