काठमाडौं । अर्घाखाँची जिल्लामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क जाँँदै गरेको बा१५च २७०६ नम्बरको स्कार्पियो सीतगगा नगरपालिका–३ रिपाहामा दुर्घटना भएर १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
चालक सकुशल रहेको स्कार्पियोमा सवार १ जनाको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार मृतकको ठेगाना पहिचान भएको छैन ।