प्रचण्डपुत्री गंगाको स्पष्टीकरण : महाधिवेशनबारे सहमति भएको छैन, भ्रममा नपरौं
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबीच शनिवारको सचिवालय बैठकमा आगामी मंसिरमा पार्टी महाधिवेशन गर्ने सहमति भएकोबारे समाचारहरू आएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले स्पष्टीकरण दिनुभएको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी महाधिवेशनबारे चर्चा भइरहेको बेला प्रचण्डको सचिवालयकी सदस्य समेत रहनुभएकी दाहालले पार्टीमा कुनै सहमति भइनसकेको स्पष्ट पार्नुभएको हो ।
दाहालले फेसबूकमा लेख्नुभएको छ, ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरू (महाधिवेशन लगायत) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरू छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’
सचिवालय स्रोतलाई उदृत गर्दै केही सञ्चारमाध्यममा आगामी मंसिरमा पार्टी महाधिवेशन गर्ने गरी सहमति भएका समाचार सार्वजनिक भइरहेका छन् ।
आज अध्यक्ष द्वय बिच भएको छलफल पछि बसेको पार्टी सचिवालय को बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका)…
Posted by Ganga Dahal on Saturday, July 18, 2020