शान्ति मिसनमा धाँधली: परीक्षाअघि नै डीएसपीको घरमा पुग्यो प्रश्नपत्र

संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा जानका लागि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकामा प्रहरी प्रधान कार्यालयले छानविन गरिरहेको छ ।

साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परिक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।

प्रश्नपत्र ‘लिक’ भएको हल्लापछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्रको सेट तयार गरेर डेढघण्टा ढिलो परीक्षा लिएको थियो । प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी शुरेश बमलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको बताइएको छ ।

घटनाबारे छानविन भइरहेको प्रहरी प्रवक्ता बसन्त कुँवरले बताए । कुँवरले भने, ‘विशिष्ट श्रेणीका अधिकृतको नेतृत्वमा समिति गठन गरेर छानविन भइरहेको छ ।’

 

 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा नेतृत्वको समितिले घटनाबारे छानविन गरिरहेको छ ।

सम्बन्धित
Loading...