भारतमा क्लीनीकबाट किनेको औषध खादा नेपाली भाईबहिनीकोे मृत्यु

भारतको दील्लीमा क्लीनीकबाट किनेर खुवाएको औषधीले दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दील्लीको सालीमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर बिकका छोराछोरीको क्लीनीकबाट औषधी किनेर खुवाउँदा मृत्यु भएको हो ।

मृत्युु हुनेमा ६ वर्षीया छोरी लक्ष्मी र ३ वर्षीय छोरा बिशाल रहेका छन् । वान्ता आउने समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइनोसीस सेन्टर नामक क्लीनीकमा गएर औषधी किनेर बिकले छोराछोरीलाई खुवाएका थिए ।

तर क्लीनीकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधी खाएपछि १०-१० मिनेटमा दुुवै भाइबहिनीको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए ।

उनीहरुको मृत्युुपछि डाक्टरका नाममा बिकको परिवारले स्थानीय सालीमारबाग प्रहरी स्टेशनमा उजुरी दिदै उनीमाथि कारवाहीको माग गरेको खड्काले बताए ।

अखिल भारत नेपाली एकता मञ्चको सहयोगमा परिवारले डाक्टरविरुद्ध उजुरी दिएका हुन् । अहिले ती डाक्टरलाई प्रहरीले निगरानीमा राखेपनि नियन्त्रणमा लिएको छैन । मृतक दुुवै जनाको मंगलबार हिन्दुु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।

 

सम्बन्धित
Loading...