नेकपा सचिवालय बैठकबाट सहमतिको सन्देश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादबीच शनिवार सम्पन्न सचिवालय बैठकबाट सहमतिको सन्देश प्रवाह भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको संकट अन्त्य गर्न थप छलफल गर्ने र आइतवार दिउँसो ३ बजेका लागि निर्धारित बैठक कायमै रहने बताउनुभयो ।

‘पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरूले गृहकार्य गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘सचिवालयले पार्टीको संकट निवारण गर्न अझै छलफल गर्ने निर्णय भएको छ ।’

यसअघि पार्टीमा सहमति हुन नसक्दा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो । आईतबार दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक हुने भएको छ ।

सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको छ । पछिल्लो समय नेकपाभित्रको विवादमा राष्ट्रपति भण्डारीसँग पनि राजनीतिक छलफल हुने गरेको छ ।

सम्बन्धित
Loading...