महाकाली सन्धिका कारण भारतले दादागिरी गर्‍यो

राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले महाकाली सन्धिकै कारण भारतले नेपाली युवाको हत्या गर्ने हिम्मत गरेको आरोप लगाएका छन् । महाकाली सन्धिमा सो नदीलाई साझा भनिएका कारण भारतीय पक्षले नेपालमाथि दादागिरी देखाएको आरोप बिडारीको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्दै बिडारीले भने, ‘महाकाली सन्धि बेइमानीपूर्वक गरेको भनेर नेपालीले धेरै आन्दोलन गरे । महाकाली सन्धिले सो नदीलाई साझा भनेका कारण भारतीय एसएसबीले ज्यादती गर्ने हिम्मत गरेका हुन् । यसमा सरकारको कुरा के छ रु’

सम्बन्धित
Loading...