नदीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भजनी नगरपालिका–२ को डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा सोही ठाउँका दुई बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन् ।

नदीमा नुहाउन गएकी धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी ७ वर्षीया छोरी जेनी चौधरीको नदीमा डुबेर मृत्यु भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० विश्व अधिकारीले जानकारी दिए ।

उनीहरुसँगै नदीमा नुहाउन गएकी धनबहादुरकै ६ वर्षीया छोरी अनु सिंह बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

सम्बन्धित
Loading...