मुसिकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

 गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५६५ नम्बरको जिप दुर्घटना भएको छ ।

शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

एसपी भट्टराईका अनुसार तीन जनाको दुर्घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन लागिएको एसपी भट्टराईले बताए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

 

सम्बन्धित
Loading...