जसपा विवादमा रेशम चौधरी तटस्थ

जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्ष नलाग्ने बताए ।

जसपा नेता लक्ष्मणलाल कर्णले कसैलाई भोट दिने नदिने अधिकार रहेको प्रतिक्रिया दिए । रेशम चौधरीलाई कुरेर दिनभर आयोग बसेका महन्थ ठाकुर कुनै प्रतिक्रिया नदिई आयोगबाट बाहिरिएका छन् ।

उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित
Loading...