५१ मध्ये ३४ जनाद्वारा उपेन्द्रको पक्षमा हस्ताक्षर, रेशम चौधरीलाई समेत आयोगमा लगिँदै 

जनता समाजवादी पार्टी जसपाका बहुमत कार्यकारिणी सदस्यले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् ।

सोमवार निर्वाचन आयोग पुगेर जसपाका ३४ जनाले उपेन्द्रको पक्षमा हस्ताक्षर गरेका हुन् । महन्थको पक्षमा भने १६ जनाले हस्ताक्षर गरेका छन् ।

अध्यक्ष यादवले ३४ जनाले हस्ताक्षर गरेको र अरू एकजना थपिने सम्भावना रहेको बताए । जेलमा रहेका कार्यकारिणी सदस्य रेशम चौधरी पनि हस्ताक्षरका लागि आयोग जाँदैछन् । अध्यक्ष यादवले रेशम चौधरी आयोगमा आउन लागेको जानकारी दिए ।

यस्तै उनले आत्मालोचना गरेर आएमा महन्थ ठाकुरलाई स्वागत गर्ने बताए । ‘महन्थ र राजेन्द्रजीलाई हामीले घोक्राएको होइन । हामीले खेदेको होइन । बाटो बिराउँदै कहा–कहाँ पुग्नुभयो । गेटमा ताला लगाएका छैनाँै, गरेका गल्ती स्वीकार गरेर आए स्वागत छ,’ यादवले भने ।

सम्बन्धित
Loading...