हेड काउन्ट रोक्न माग गर्दै सर्वोच्च गए ठाकुर

निर्वाचन आयोगमा सोमबार हुने सनाखत ९हेड काउन्ट० रोक्न माग गर्दै जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ ।

आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो । नेताहरुका अनुसार ११ साउनमा हेडकाउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर भएन भने उपेन्द्र यादव पक्षले आधिकारिता पाउनेछ ।

अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा हेड काउन्ट रोक्न माग गरिएको छ । कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निपरुण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने रिटमा दाबी गरिएको छ ।

सम्बन्धित
Loading...