युथ फोर्सुलाई काउन्टर दिन नेपाल पक्षले घोषणा गर्‍यो पिपुल्स भोलेन्टियर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ुपिपुल्स भोलेन्टियरु को घोषणा गरेको छ। ओलीनिकट युथ फोर्सलाई काउन्टर दिनको लागि नेपाल पक्षले ुपिपुल्स भोलेन्टियरु घोषणा गरेको हो।

नेपालनिकट युवा संघको मातहत रहने गरी पिपुल्स भोलेन्टियर बनाइएको हो। िबिहीबार भक्तपुरमा आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा युवा संघले उक्त कुराको घोषणा गरेका हुन्। कार्यक्रममा माधव नेपाल पनि उपस्थित थिए।

शिव श्रेष्ठ अध्यक्ष र मनोज खत्री सचिव रहने गरी पिपुल्स भोलेन्टियर घोषणा गरिएको हो।  केही दिनअघि अध्यक्ष केपी ओलीनिकट युवा संघले युथ फोर्सको घोषणा गरेको थियो। त्यसलाई नै काउन्टर दिन नेपाल पक्षनिकट युवा संघले ुपिपुल्स भोलेन्टियरु घोषणा गरेको हो।

यसअघि पनि नेपाल पक्षनिकट युवा संघले अखिल फोर्स बनाएका थिए।

सम्बन्धित
Loading...