होन्डाको नाममा म्यासेन्जरमा ‘स्पाम’ आतंक, झुक्किएर पनि नखोल्न आग्रह

जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७० औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क यतिबेला म्यासेन्जरमा फैलिइरहेको छ। लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देश दिने गरिएको छ। उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ।

होन्डाको स्कुटर जित्ने लोभमा प्रयोगकर्ताहरुले यसलाई धेरै नै फर्वार्ड गरिरहेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता प्रकारका फिशिङ लिंकसहितका म्यासेजहरु बेला बेला भाइरल हुने गर्छन्।

तर यो त एउटा स्क्याम हो। प्रयोगकर्तालाई पुरस्कारको लोभ देखाएर डेटा चोरी गरिन्छ। होन्डा एनिभर्सरी र त्यस्ता प्रकारका अन्य कुनै शंकास्पद फिशिङ लिंकहरुमा क्लिक गरे साइबर आक्रमणको शिकार हुने सम्भावना बढि हुन्छ। त्यसो त म्यासेजमा उल्लेख गरिएजस्तो होन्डाको ७० औं वार्षिकोत्सव अहिले होइन। सन् २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ।

दूरसञ्चार प्राधिकरणले अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई नखोल्न, लिंकहरुमा क्लिक नगर्न र त्यस्ता शंकास्पद इमेलालाई डिलिट गर्न वा ब्लक गर्न आग्रह गरेको छ।

सम्बन्धित
Loading...