गलवार नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदसँग छलफल गरे । पार्टीले कारवाही गर्ने तयारी भइरहेका बेला आफूलाई साथ दिएका सांसदसँग उनले परामर्श गरेका थिए ।
छलफलमा विश्वासको मत दिने बेला केपी ओली समूह छाडेर माधव समूहमा लागेका ८ जना पनि सहभागाी थिए । आफू निकट रहेका ११ जना सांसद विश्वासको मत दिने बेला बाहिरिए पनि नेपालले ओली पक्षका सांसदको साथ पाएका थिए ।
भेलामा सहभागी सांसद कृष्णकुमार श्रेष्ठ ९किसान०ले उत्साहित हुँदै माधव नेपाललाई दलको नेता बनाउन आफूले १५र२० जना सांसद ओली पक्षबाट तान्न सक्ने दावी गरेको अर्का एक सांसदले बताए । उनले ओलीलाई संसदीय दलमै अल्पमतमा पार्न सकिने उपाय बताएका थिए ।
एमालेका १ सय २१ जना सांसद छन् । ती मध्ये २२ जनाले माधव नेपाललाई साथ दिएर विश्वासको मत दिए । भीम रावलसहित ११ जना माधव नेपाल निकट सांसदहरु मतदान प्रक्रियामा सहभागी नभए पनि उनीहरु ओली पक्षमा नजाने आँकलन गरिएको थियो ।
मतदानमा सहभागी नभएकी पवित्रा निरौला खरेल, ओलम्पिकका लागि जापानमा रहेकी कुमारी तुलसी थापा र दिल्लीमा उपचाररत झलनाथ खनाल समेत जोड्दा माधव नेपाल पक्षमा प्रतिनिधिसभाका ३६ सांसद पुग्छन् । तर दलमा बहुमत पुर्याउन कम्तीमा ६१ जना सांसद आवश्यक पर्छ ।
किसान श्रेष्ठले उत्साही भएर १५-२० जना सांसद जुटाउँछु भने पनि त्यो संख्याले समेत बहुमत पुग्दैन । सोही भेलामा अरु केही सांसदले संसदीय दलमा केपी ओलीलाई अल्पमतमा पार्न कम्तिमा यो संसद रहेसम्म सम्भव नरहेको बताएका थिए ।
‘दुई चारजनालाई मन्त्री बनाउने वा अन्य कुरा गरेर तान्न सकिन्छ, कतिपय व्यक्ति ओली कमजोर भएपछि गुट छाड्न सक्छन् तर त्यति ठूलो संख्यामा ओली छाड्ने सम्भावना देखिन्न’ नेपाल निकट एक नेताले भने‘बरु केन्द्रीय कमिटीमा वहमुत जुटान्छ’ ।