घरेलु कामदारले आफ्नै मालिकसँग भएको सामान्य विवादमा खुकुरी प्रहार गरी मालिकको विभत्स हत्या गरेका छन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज विहान सवा पाँच बजेतिर उदयपुर त्रियुगा नगरपालिका-८ उत्तराईटोल बस्ने बर्ष ६५ को महिकर चौधरीको हत्या भएको छ ।
उनलाई निजकै घरमा काम गर्ने जिल्ला उदयपुर त्रियुगानगरपालिका-१३ पोर्ताहा बस्ने बर्ष ४५ को मेमोरी भन्ने किसन सदाले खुकुरीले प्रहार गरी हत्या गरेका हुन ।
चौधरीको घट्नास्थलमै मृत्यु भएको हो । उनको शरिर चार टुक्रामा क्षतविक्षत भएको छ । हत्यारा सदालाइ भने प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।