धरानमा स्थानीय दुई समूहबीच एक आपसमा झडप भएको छ । झडपमा परि चौकीमा जाहेरी दिन आएका दुई जनाले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै गर्दा अर्को समूहले प्रहरी चौकी नै तोडफोड गरेर भागेका छन् ।
स्थानीय बासिन्दाहरुको झडप भएको र दुई जना प्रहरी चौकीमा उजुरी दिन आएको बेला अचानक आठ(नौ जनाको समूहमा माक्स लगाई आएकाहरुले चौकीमा आक्रमण गरी भागेको धरानका प्रहरी इन्सपेक्टर हेमराज ओलीले बताए ।
जाहेरी दिन आएकाले प्रहरीलाई अर्को पक्षले आफूहरुलाई काट्न खोजेको बताउँदै थिए । उनीहरुको कुरा सुन्दा सुन्दै अर्को समूहले चौकीमा आक्रमण गरी भागेको ओलीले बताए । आक्रमणमा असई सुमन दाहाल गम्भीर घाइते भएका र दुई प्रहरी सामान्य घाइते भएको इन्सपेक्टर ओलीले बताए । उनीहरुको अहिले खोजी भइरहेको छ ।