सुदूरपश्चिमका ३ मन्त्रीमाथि कारवाही हुदै

एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने पार्टीका नेताहरूमाथि कारवाही गरिने बताएका छन् । थापाले यसलाई पार्टीविरुद्धको दुश्मनीपूर्ण अपराध भएको बताएका छन् ।

थापाले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई छानविन गरेर कारवाही हुने बताए ।

एमाले स्थायी कमिटीको सोमबारको बैठकले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीलाई निर्देशन दिएको थियो । तर, आज संसदीय दलको बैठकले केन्द्रको निर्देशन नमान्ने अडान राखेको छ ।

सम्बन्धित
Loading...