राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोत्ने नेविसंघका नेता पक्राउ

संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।

नेविसंघले उनलाई निःसर्त रिहाइ गर्न माग गरेको छ ।

सम्बन्धित
Loading...