एमाले नेता भीम रावलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतामाथि कुठाराघात गरेको बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुरा गर्दे नेता रावलले मध्यरातमा प्रधानमन्त्री ओलीले जनताको उपलब्धि खसेको बताए।
प्रधानमन्त्री ओलीले हाँस्यास्पद काम गर्नुभयो। राष्ट्रपतिले सदर गर्नुभयो। यो संवैधानिक र राजनीतिक रुपमा गलत छ, उनले भने, राष्ट्रपतिले सरकार नबनोस् भनेरनै सरकार गठनका लागि छोटो समय दिएर आह्वान गर्नुभएको थियो। विपक्षी दल र हामीले पुर्याएको बहुमतलाई बेवास्ता गरियो।