राष्ट्रपतिलाई भेटेर फर्किए ओली, विपक्षी नेताहरू शीतलनिवासमै

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

प्रधानमन्त्री ओली ४ बजेपछि शीतल निवासबाट बाहिरिएका हुन् । ओलीले राष्ट्रपतिसँग एक घण्टा कुराकानी गरेका थिए ।

स्रोतका अनुसार माधव नेपाल पक्षले बुझाएको हस्ताक्षरमा केही सांसदको हस्ताक्षर दुरुपयोग गरिएकोबारे ओलीले जानकारी गराएका छन् ।

बहुमत सदस्यको हस्ताक्षर जुटाएको दाबी गरेका प्रतिपक्षी सांसदहरू भने शीतल निवासमा छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल लगायत नेताहरू शीतल निवासमा छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अहिले ५ बजे सकिँदैछ ।

सम्बन्धित
Loading...