काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् ।
उनले भने,‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’