नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई सहयोग गर्ने प्रतिवद्धताप जनाएका छन् ।
उपनिर्वाचन नजिकिँदै गहिरहेका बेला नेता नेपाललाई भेट्न थापा बिहान कोटेश्वर पुगेका थिए । बादलका प्रेस संयोजक किरण भट्टराईले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा आफ्नो पूर्णसहयोग रहने बताएको उल्लेख गरेका छन् ।
‘नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ,’ भट्टराईले लेखेका छन्, ‘ भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो । भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’