सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको छ ।